नियम ९३
शेयरहोल्डरहरूलाई प्रतिलिपि पठाउने
सचिवले अडिटरहरूद्वारा लेखापरीक्षण भएका बैलेन्स सीट र लाभ हानिको खाताको छापिएको एक प्रतिलिपिमा त्यसको साथमा अडिटरहरूको र समितिको प्रतिवेदन राखी साधारण सभा हुने कमसेकम ७ दिन अगावै कर्पोरेशनका प्रत्येक शेयरहोल्डरकहाँ सूचना पठाउनु पर्छ ।